‘फुलबारी नेपाल’ गजल प्रतियोगिताका लागि सिर्जना आह्वान

‘फुलबारी नेपाल’ गजल प्रतियोगिताका लागि सिर्जना आह्वान


ग्लोब नेपाल
54
Shares

काठमाडौं । युट्युब च्यानल फुलबारी नेपालले आगामी मोती जयन्तीको अवसरमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय नेपाली गजल प्रतियोगिता, २०८० का लागि गजल आह्वान गरेको छ । प्रतियोगितामा सहभागी स्रष्टाले आफ्नो गजल–भिडियो रेकर्ड गरी २०८० साल भाद्र १० गतेसम्म पठाउनु पर्ने आयोजक फुलबारी नेपालले जनाएको छ ।

प्राप्त भएका गजलहरूमध्ये विज्ञद्वारा उत्कृष्ट ठहराइएका प्रथम, द्वितीय , तृतीय र पाँचवटा सान्त्वना गरी छनोट हुने आठ वटा गजलहरूको घोषणा मोती जयन्तीको दिन (भाद्र २८ गते) गरिने फुलबारी नेपालले जनाएको छ । प्रतियोगितामा प्रथम हुने स्रष्टाले ५० हजार, दोस्रो हुनेले २५ हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना पुरस्कार ५ हजार पाउनेछन् ।

फुलबारी नेपालले नेपाली गीत संगीत र साहित्य विधा क्षेत्रका विभिन्न सामाग्री प्रसारण गर्दै आएको छ । यसअघि श्रावण मसान्तसम्मका लागि गजल आह्वान गरिएको भए पनि भाद्र १० गतेसम्मका लागि समय थप गरिएको फुलबारी नेपालले जनाएको छ ।