जल तथा मौसम विज्ञान विभागद्वारा ‘अति भारी वर्षा’ मापन

जल तथा मौसम विज्ञान विभागद्वारा ‘अति भारी वर्षा’ मापन



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बर्दियाका विभिन्न ठाउँमा अति भारी वर्षा भएको जानकारी दिएको छ । विभागले बर्दियाको रम्भापुरमा २४ घण्टामा २२६.४ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । यो अति भारी वर्षा हो ।

२४ घण्टामा १४० मिलिमिटर पानी पर्नु नै खतरा मानिन्छ । ५० देखि १०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई ‘भारी वर्षा’, १०० भन्दा बढी तर २०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई ‘धेरै भारी वर्षा’ र २०० मिलिलिटरभन्दा धेरै पानी पर्नुलाई ‘अति भारी वर्षा’ भएको मानिन्छ ।

यस्तै बर्दियाकै रानी जरुवा नर्सरीमा १७२.८, सानो श्री चेपाङमा १७४.२, सिन्धुलीको मरिनखोला स्टेशनमा १८१.६ मकुवानपुरको मकवानपुरगढीमा १५५.८ र हेटौंडा स्टेशनमा १६७.२ मिलिमिटर वर्षा मापन भएको छ ।