डुबानमा कागबेनी

डुबानमा कागबेनी



मुस्ताङ । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनी डुबानमा परेको छ । कालीगण्डकी र कागखोलाको दोभानमा रहेको कागबेनी डुबानमा परेको हो । 

कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेको हो । कागबेनीसँगै मुक्तिनाथ पनि डुबानमा परेको छ । 

बाढी आएको सूचना पाएपछि स्थानीय भागेर ज्यान बचाएका थिए । कागबेनीमा पसेको बाढीले भौतिक संरचनामा भने ठूलो क्षति पुर्‍याएको छ । बाढीले २० वटाभन्दा बढी घर/होटल बाढीले भत्काएको छ ।