‘त्यसबेला संसद विघटन नगरेको भए पार्टी ध्वस्त हुन्थ्यो’

‘त्यसबेला संसद विघटन नगरेको भए पार्टी ध्वस्त हुन्थ्यो’


ग्लोब नेपाल
540
Shares

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०७७ पुस ५ गते संसद् विघटन नगरेको भए पार्टी ध्वस्त हुने बताएका छन् । मङ्गलवार काठमाडौंको जोरपाटीमा बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले संसद् विघटन गरेर सही गरेको निष्कर्ष सुनाएका हुन्।

‘हामीले पुस ५ गते संसद् विघटन गर्‍यौँ। हामीले ठिक ठानेर गर्‍यौँ। ठिक भनेर गर्‍यौँ। ठिक थियो र गर्‍यौँ। नगरी नहुने थियो र गर्‍यौँ। बिलकुलै समसामयिक कदम चाल्यौँ,’ उनले भने, ‘यो नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो। ध्वस्त पार्ने षड्यन्त्र भएको थियो। हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए। त्यसलाई हामीले छिनालिदियौँ । पुस ५ गतेको कदम भनेको त्यही हो। हामीलाई मार्न जुन डोरी बनाएका थिए, त्यो डोरी हामीहरूले काटिदियौँ।’

षड्यन्त्र छिनेपछि तत्कालीन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरू आत्तिएको बताए। उनीहरूलाई पहिल्यैदेखि प्रतिनिधि सभा भङ्ग हुने डर रहेको पनि अध्यक्ष ओलीले बताए। प्रतिनिधि सभा पुनः स्थापना हुँदा पनि केही नबिग्रिएको र सङ्गठन, वामपन्थी आन्दोलन ध्वस्त बनाउने प्रयास विफल बनाइएको ओलीको दाबी थियो।