टिकौली जंगलमा ८ वटा सवारी साधन ठोक्किँदा २० जना घाइते

टिकौली जंगलमा ८ वटा सवारी साधन ठोक्किँदा २० जना घाइते



चितवन । पूर्व-पश्चिम राजमार्गस्थित टिकौली जंगलमा ८ वटा सवारी साधन एकअर्कासँग ठोक्किँदा २० जना घाइते भएका छन् ।

भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको नवलपुर, गैंडाकोटको अक्सफोर्ड कलेजको ना १ क ६१३१ नम्बरको कलेज बसले विपरीत दिशाबाट आउँदै गरेको शव वाहन, मोटरसाइकल र स्कुटरहरुलाई ठक्कर दिएको हो।

सबै सवारी साधनहरू एक आपसमा ठक्कर खाँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।