सुन तस्करी प्रकरण: थप चार जना चिनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरण: थप चार जना चिनियाँ नागरिक पक्राउ



काठमाडौं ।  सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले थप चार जना चिनियाँलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी कुवेर कडायतले जानकारी दिए।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरुलाई म्याद थप गर्न पठाइएको प्रहरीले जनाएको छ। यसअघि सोमबार मात्रै थप तीन चिनियाँ नागरिकलाई सीआईबीले पक्राउ गरेको थियो। उनीहरुबाट ३१ लाख रुपैयाँ बरामद समेत भएको थियो।

मोटरसाइकल र स्कुटरको डिस्क ब्रेकको प्याडमा मोरेर ल्याइएको अवस्थामा सुन बरामद भएको थियो। राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन ब्रेक सुबाट अलग्याएर जोख्दा ६० किलो ७८९ ग्राम भएको थियो। नेपाल राष्ट्र बैंकको टक्सार विभागले उक्त सुन मंगलबार गालिसकेको छ।