अदालतले माग्यो पीडितको आमाको नागरिकतासम्बन्धी कागजात

अदालतले माग्यो पीडितको आमाको नागरिकतासम्बन्धी कागजात



काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारसम्बन्धी मुद्दामा पीडित किशोरीको आमाको नागरिकतासम्बन्धी कागजात मगाउने आदेश दिएका छन् ।

कतिपय कागजातमा पीडित भनिएकी किशोरीको उमेर र उनकी आमाको उमेर अन्तर ९ वर्षको मात्रै देखिएको भन्दै सो विषयमा स्पष्ट हुन आमाको नागरिकता वा जन्ममिति खुल्ने कागजात मगाइएको बताईएको छ ।

नाबालिग बलात्कार आरोपमा सन्दीपविरुद्ध परेको रिटको सुनुवाइ आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा भएको थियो ।

सन्दीप पक्षले ‘गौशाला २६’ को जन्ममिति गलत भएको र उनी नाबालिग नभएको जिकिर गर्दै प्रमाण पेस गरेको थियो । त्यसरी पेस गरिएको जन्मदर्ताको प्रमाणपत्र नै नक्कली प्रमाणित भएपछि पहिलोपटक मुद्दाको सुनुवाइ शुरु भएको छ । अब पीडित किशोरीको आमाको नागरिकतासम्बन्धी कागजात आएपछि मात्रै उक्त मुद्दामा सुनुवाइ हुनेछ ।