ट्रम्पलाई चिठीमा विष पठाउने क्यानेडियन महिलालाई २२ वर्ष जेल सजाय

ट्रम्पलाई चिठीमा विष पठाउने क्यानेडियन महिलालाई २२ वर्ष जेल सजाय


ग्लोब नेपाल
216
Shares

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिठीमा विष पठाएको आरोपमा एक क्यानेडियन महिलालाई २२ वर्षको जेल सजाय सुनाइएको छ ।

५६ वर्षीया पास्केल फेरिर नाम गरेकी ती महिलाले रिसिन नामक विषले भरिएको चिठी जैविक हतियारका रुपमा पूर्व राष्ट्रपति ट्रम्पलाई पठाएको पुष्टि भएको हो ।

सन् २०२० मा तत्कालीन राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरिएको एक घातक चिठी ह्वाइट हाउस पुग्नुभन्दा अगाडि नै सुरक्षाकर्मीले बरामद गरेका थिए । सो चिठीमा रिसिन नामको विष रहेको पत्ता लागेको थियो । लगत्तै उनी पक्राउ परेकी थिइन् ।

फेरिरले अदालत समक्ष आफूले जैविक हतियार ट्रम्पलाई पठाएको स्वीकार समेत गरेकी थिइन् । तर सो जैविक हतियार ट्रम्पसम्म पुग्न नपाएकोमा आफू दुःखी भएको उनले बताएकी थिइन् ।

फेरिरले जेल सजायँ भोगिसकेपछि अमेरिकाबाट निर्वासनमा पठाइने र यदि अमेरिका फर्किए पनि कडा निगरानीमा राखिने जनाएको छ ।