दौत्य सम्बन्ध गाँसिएको ७५ औं वर्ष पुगेको उपलक्ष्यमा कोलोराडोमा विभिन्न कार्यक्रम हुँदै

दौत्य सम्बन्ध गाँसिएको ७५ औं वर्ष पुगेको उपलक्ष्यमा कोलोराडोमा विभिन्न कार्यक्रम हुँदै

नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापित भएको ७५ वर्ष पूरा भएको छ।



कोलोराडो, अमेरिका । नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापित भएको ७५ औं वर्ष पुगेको अवसरमा नेपाल र अमेरिकाका उच्च पदाधिकारीहरुको उपस्थितिमा विभिन्न कार्यक्रमका साथ कोलोराडोमा ७५ औं वर्षगाँठ मनाउन लागिएको छ ।

कोलोराडोको लङमन्ट स्थित बोल्डर काउन्टी फेयर ग्राउण्डमा (9595 Nelson Road Longmont, Co 80501) आगामी सेक्टेम्बर १ र २ तारिकका दिन विभिन्न शैक्षिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका साथ मनाउन लागिएको हो ।

‘हेल्पिङ हेण्ड हेल्थ एजुकेशन’का अध्यक्ष नारायण श्रेष्ठको नेतृत्वमा आयोजना गर्न लागिएको कार्यक्रमका लागि तीन सदस्सीय मुल आयोजक समिती गठन गरिएको छ । समिती सदस्यहरुमा नारायण श्रेष्ठ, बुद्धीजिवी तथा समाजसेवी द्धय डा. विजयराज शर्मा र नविन दत्त रहेका छन् । यसैगरी कोलोराडोमा नेपाली तथा नेपाली भाषी समुदायबीच कृयाशील डेढ दर्जनभन्दा बढि संघसंस्थाहरु, ‘नेपाली सोसाइटी टेक्सास’ र ‘बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका’ कार्यक्रमको आयोजक रहेका छन् ।

कार्यक्रमस्थलमा नेपाली खाना, नेपाली हस्तकला र संघसंस्थाहरुको स्टलको नेतृत्व सुनन्दा डंगोललाई दिईने बताइएको छ । त्यस्तै कार्यक्रमलाई व्यवस्थित बनाउन १ सय भन्दा बढि भोलेन्टिएर खटिने भनिएको छ । भोलेन्टिएरको नेतृत्व तथा परिचालन एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलले गर्नेछन् । कार्यक्रमस्थलमा चाहिने सर-सामान तथा यातायातका साधनको व्यवस्थापन एनआरएन कोलोराडो च्याप्टरका संस्थापक अध्यक्ष बासुदेव खनालले गर्नेछन् ।

कार्यक्रमलाई प्रभावकारी बनाउन नेपाली एम्बेसीले कन्सुलर सेवा शिविर आयोजना गर्ने भएको छ । सेक्टेम्बर २ देखी ५ तारिक सम्म (Drury Inn and Suites10393 Reed Street, Westminster Co. 80021) मा संचालन हुने कन्सुलर सेवा शिविरमा राहदानी नविकरण, एनआरएन कार्ड बनाउने र नेपाल भ्रमणमा जान चाहनेलाई भिषा प्रदान गर्ने जस्ता विभिन्न सुविधा लिन सकिने नेपाली एम्बेसीले जनाएको छ ।

यस कार्यक्रमको नेतृत्व एनआरएन कोलोराडो च्याप्टरका निवर्तमान अध्यक्ष आरसी पन्त, वर्तमान अध्यक्ष प्रकाश पौडेल र नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले संयुक्त रुपमा गर्नेछन् । कार्यक्रम बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म संचालन हुने बताइएको छ । कार्यक्रममा रक्तदान शिविरलगायत अन्य विभिन्न कार्यक्रमहरु संचालनको लागि पनि पहल भईरहेको मुल समितीका सदस्य नविन दत्तले जानकारी दिए ।

कार्यक्रमका आयोजकहरु-