विराटनगर । कोशी प्रदेश सभा सञ्चालनको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवार आज बिहान विराटनगर विमानस्थलबाट काठमाडौं प्रस्थान गरेकी छन् । स्वास्थ्यमा समस्या देखिएको भन्दै उनले प्रदेश सभामा उपस्थित हुन नसक्ने जानकारीसमेत गराएकी छन् ।
उनी काठमाडौं उडेपछि बैठक अनिश्चित बनेको छ । साथै थापा नेतृत्वको सरकारसमेत संकटमा परेको छ ।
आइतबार साँझ ५ बजेपछि उनले आफू बिरामी भएको भन्दै कार्य व्यवस्था शाखालाई उपस्थित हुन नसक्ने जानकारी गराएकी हुन् । उपसभामुखले प्रदेश सभा नियमावलीको नियम ११ बमोजिम सभा सञ्चालन गर्न अनुरोध गरेकी छन् ।
कांग्रेस सांसद इस्राइल मन्सुरीलाई बैठक सञ्चालनको जिम्मेवारी दिएर उपसभामुख बिदामा बसेकी हुन् । प्रदेश सभा नियमावलीअनुसार सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चारजना प्रदेश सभा सदस्यलाई मनोनयन गरिएको छ ।
प्रतिक्रिया