काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । राष्ट्रपति पौडेलले अहिले बिहान साढे ८ बजे बैठक बोलाएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
बैठक राष्ट्रपति भवन शीतल निवासमा बस्दै । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरूको पहिलो पटक बैठक राखिएको हो ।
संसद्को जारी गतिरोध अन्त्य गर्न राष्ट्रपति पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई शीतल निवास बोलाएको प्रेस सल्लाहकार पोखरेलको भनाइ छ । यसअघि राष्ट्रपति पौडेलले ठूला दलका शीर्ष नेतालाई शीतल निवास बोलाएर छलफल गरेका थिए ।


प्रतिक्रिया