अष्ट्रेलियाले किन गर्‍यो गायिका समीक्षा अधिकारीको भिसा रद्ध ?

अष्ट्रेलियाले किन गर्‍यो गायिका समीक्षा अधिकारीको भिसा रद्ध ?



काठमाडौं । गायिका समीक्षा अधिकारीलाई अष्ट्रेलियाले भिसा दुरुपयोग गरेको अभियोगमा भिसा गरिदिएको छ । अष्ट्रेलियाको डिपार्टमेन्ट अफ होम अफेयर्सले समिक्षाको ‘सब क्लास भिसा ४०८’ रद्ध गरिदिएको हो ।

गत वर्ष सांगितिक कार्यक्रमको लागि समीक्षालाई अष्ट्रेलियाले एक वर्षको भिसा दिएको थियो । उनको उमेर १८ वर्ष नपुगेकोले केयर टेकरको रुपमा उनको दिदीलाई समेत भिसा दिएको थियो । दिदी बहिनी नै अष्ट्रेलिया पुगेपनि कार्यक्रम सकेर समीक्षा नेपाल फर्किइन् भने दिदी उतै बसिन् ।

आगामी तीजको कार्यक्रमको लागि समीक्षा फेरी अष्ट्रेलिया जाने तयारी गरे सँगै उमेरको कारण फेरी केयर टेकर लानुपर्ने भयो । आफ्नो भिसा भए पनि केयर टेकरको लागि फेरी भिसा आवेदन दिइन् । अघिल्लो पटकको केयर टेकर नेपाल नफर्किएकाले अष्ट्रेलियाले नयाँ केयर टेकरलाई भिसा नदिनु मात्र होइन, समीक्षाको भिसासमेत रद्ध गरिदियो । उनले पुनः भिसा आवेदन गरेपनि थप कागजात मागेर पेण्डिङमा राखिदिएको बुझिएको छ ।

के फेरी समीक्षाले भिसा पाउछिन् त ? भन्ने प्रश्नमा ब्रिसबन, अष्ट्रेलियामा रहेका रजिष्टर्ड माइग्रेन्ट एजेन्ट नारायण कोईरालाले डिपार्टमेन्ट अफ होम अफेयर्सको नियमअनुसार यसरी रद्ध गरिएको भिसा वाहकले कम्तिमा ३ वर्षसम्म फेरी भिसा पाउन नसक्ने बताएका छन् ।