काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गरिने बताएका छन् ।
काठमाडौंको टुँडिखेलमा बिहीबार आयोजित समारोहमा सुदूरपश्चिमका जनताको भावनालाई कदर गरेर जानुपर्छ भन्ने मान्यताका साथ प्रधानमन्त्री दाहालले गौरा पर्वलाई आगामी वर्षदेखि राष्ट्रिय पर्वको रूपमा मनाउने घोषणा गरेका छन् । ‘गौरा पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाउने घोषणा गर्दछु । साथै, गौरा पर्वको तिथि किटान होस्, म सरकारका तर्फबाट सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन पहल गर्नेछु,’ उनले भने ।
यस विषयमा बुधबार बसेको मन्त्रिपरिषद बैठकमा पनि छलफल भएको उनले बताए। गौरा पर्वका अवसरमा देशभर सार्वजनिक बिदाको निर्णय पनि गर्ने उनले घोषणा गरे ।
प्रतिक्रिया