एनआरएनए आइसिसि उपाध्यक्षमा खगेन्द्र न्यौपानेलाई पठाउने एनसिसि मलेसियाको निर्णय

एनआरएनए आइसिसि उपाध्यक्षमा खगेन्द्र न्यौपानेलाई पठाउने एनसिसि मलेसियाको निर्णय



मलेसिया । गैरआवासीय नेपाली संघको (एनआरएनए) आगामी अक्टोबरमा हुने महाधिबेशनका लागि आइसिसि उपाध्यक्षमा खगेन्द्र न्यौपाने र एसिया प्यासिफिक संयोजक (आरसी) मा हरिप्रसाद भट्टराईलाई पठाउने निर्णय एनआरएनए एनसीसी मलेसियाले सर्वसम्मतरुपमा निर्णय गरेको छ ।

आइतबार क्वालालम्पुरमा बसेको एनआरएनए मलेसियाको बैठकले केन्द्रीय उपाध्यक्षमा न्यौपाने र आरसीमा भट्टराईलाई उठाउने निर्णय गरेको हो । न्यौपाने हाल एनआरएनको सचिव छन् भने भट्टराई एसिया प्यासीफिक उपसंयोजक रहेका छन् । एनआरएनए मलेसियाले आइसीसीमा आफ्नो देशको प्रतिनिधित्व होस र आफ्ना मुद्धालाई बुलन्द बनाउनका लागि यस्तो निर्णय गरेको जनाएको छ ।

एनआरएनए आईसिसिका सचिव न्यौपाने एनआरएनए मलेसियाको उपाध्यक्ष, अध्यक्ष, आईसिसि सदस्य, एशिया प्याशिफिक सह–संयोजक भएर सँस्थामा आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् ।

न्यौपानेले मध्यपुर्व, मलेसिया, कोरिया, युरोपलगायत देशमा रहेका लाखौ नेपालीहरुको मुद्दा उठाउन, उनीहरुको समस्याको समाधान गर्न, रेमिट्यान्सको सही प्रयोग गराउन, एक पटकको नेपाली सधैको नेपाली कायम राख्न लगायतका मुद्दा आफ्नो प्रमुख प्राथमिकतामा रहने बताएका छन् ।

मलेसिया र नेपालका सफल ब्यावसायी न्यौपाने एटी ग्रुप अफ कम्पनी मलेसियाका निर्देशक, बिकास हाईड्रोपावर कम्पनीका अध्यक्ष, बुढीगण्डकी हाईड्रोपावर सुपर माछाखोलाका अध्यक्ष, स्मार्ट होलीडे प्रालि र ग्रीन लाइन ट्राभल्सका अध्यक्ष, भिनोलिभा हस्पिटालिटि प्रालिका अध्यक्ष रहेका छन् ।

एनआरएनएको नयाँ नेतृत्व चयनका लागि आगामी अक्टोबर १७ तारिखदेखि २० तारिखसम्म काठमाडौंमा महाधिबेशन तथा विश्वसम्मेलन हुँदैछ ।  

एनआरएनएको आगामी नेतृत्वका लागि आरके शर्मा, महेश श्रेष्ठ, बद्री केसी, रविना थापा र विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन् । अन्य ४ उम्मेदवारले उम्मेदवारी सार्वजनिक गरिसकेका छन् भने वर्तमान अध्यक्ष बद्री केसी भने आन्तरिक छलफलमा रहेका छन् । 

अन्य पदहरुमा पनि उम्मेदवारी आउने क्रम जारी रहेको छ ।

हाल विश्वमा रहेका गैरआवासीय नेपालीहरु निकै उत्साहका साथ उम्मेदवारी दिईरहेका छन् । एघारौं विश्व सम्मेलन एवं नयाँ नेतृत्वका लागि हुने चुनावको सरगर्मी भने ह्वात्तै बढेर गएको छ ।