बीपी जयन्तीका अवसरमा कांग्रेसले तीन दिन साहित्यिक महोत्सव गर्ने

बीपी जयन्तीका अवसरमा कांग्रेसले तीन दिन साहित्यिक महोत्सव गर्ने



काठमाडौं । नेपाली कांग्रेसले ११०औँ बीपी जयन्तीका अवसरमा तीन दिन साहित्यिक महोत्सव आयोजना गर्ने भएको छ ।

भदौ २४, २५ र २६ गते तीन दिनसम्म आयोजना गरिने महोत्सवमा मुख्य वक्ताले बीपीको राजनीतिक र साहित्यिक पाटोबारेमा बोल्ने कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा १२ वटा सत्र राखिनेछ । जसमा बीपीको मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्ट्रन, नेपालको मातृभाषा साहित्य र बीपी आख्यानमा नारीलगायत सत्र हुनेछन् ।

यस्तै, बीपीका आख्यानमा मधेश, बीपीका दृष्टिमा बीपी, बीपीले नपाएका १५ वर्ष, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, युवा स्रष्टामा बीपी पठन र परिवारले बुझेका बीपी सत्र पनि चलाइनेछ ।

यस्तै, महोत्सवमा कविता, गजल, सांगीतिक साँझ, चित्रकला, वृत्तचित्र र ऐतिहासिक फोटो प्रदर्शनीको गरिनेछ ।