स्याङ्जा । डेंगु सङ्क्रमणबाट वालिङ नगरपालिकाका ४४ वर्षीय एक पुरुषको आज ज्यान गएको छ ।
डेंगु सङ्क्रमण देखिएपछि वालिङ-१३ का उनी उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको ज्यान गएको वालिङ नगर स्वास्थ्य शाखाले जनाएको छ ।
गएको साता गह्रौँ प्राथमिक अस्पताल वालिङमा गरिएको परीक्षणमा चार जनामा डेंगु देखिएको थियो ।
प्रतिक्रिया