काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिन्ताओमा हवाई उडान सुरु गरेको छ । एयरलाइन्सले छिन्ताओमा सिधा उडान सुरु गरेको हो ।
सिधा उडानको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ लगाएतले शुभारम्भ गरे ।
साताको चार उडान गर्ने र यात्रुको चाप अनुरुप आगामी दिनमा उडान थप्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ । हिमालय एयरलाइन्सले अहिले चीनको बेइजिङ, चोङचिङ, चाङ्सा, नानिङ र गोयाङमा उडान गर्दै आएको छ ।
उद्घाटन उडानका अवसरमा पर्यटनमन्त्री किरातीले चीनको सांस्कृतिक एवं पर्यटकीय सहर छिङदाओमा हिमालयले पहिलो पयटक उडान भरेर पर्यटनका लागि महत्वपूर्ण योगदान गरेको उल्लेख गरे ।
प्रतिक्रिया