एनआरएन इन्फ्रास्टक्टरको सीईओमा बस्याल नियुक्त

एनआरएन इन्फ्रास्टक्टरको सीईओमा बस्याल नियुक्त



काठमाडौं । एनआरएन इन्फ्रास्टक्टर एण्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हेमन्त बस्याल नियुक्त भएका छन् ।

असोज २ गते बसेको सञ्चालक समितिको बैठकले बस्याललाई संस्थाको रिक्त रहेको सीईओ पदमा नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त सीईओ बस्यालले आगामी असोज ७ गतेदेखि संस्थाको सीईओको रुपमा कार्यभार सम्हाल्ने छन् । समितिको बैठकले उनलाई आगामी आइतबारदेखि लागू हुने गरी आगामी चार वर्षको लागि सीईओमा नियुक्त गरेको हो ।