अमेरिका’ज क्षेत्रीय संयोजक पदमा सञ्जीवको उम्मेदवारी

अमेरिका’ज क्षेत्रीय संयोजक पदमा सञ्जीवको उम्मेदवारी


ग्लोब नेपाल
864
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघको आसन्न निर्वाचनमा सञ्जीवकुमार श्रेष्ठले अमेरिका’ज क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आईसीसी सदस्य रहेका श्रेष्ठले नयाँ कार्यकाल २०२३–०२५ का लागि अमेरिका’ज क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत् उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले भने, ‘म गैरआवासीय नेपाली संघको अभियानमा लामो समयदेखि निरन्तर लागि रहेको जानकारी गराउँछु । गैरआवासीय नेपाली संघको आगामी निर्वाचनमा मैले अमेरिका’ज क्षेत्रको क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेको सहर्ष जानकारी गराउँछु । संस्थालाई पारदर्शिता, गतिशील र व्यवस्थित बनाउन यहाँहरूको साथ, सहयोग, समर्थन, सद्भाव र सुझावको पूर्ण अपेक्षा राखेको छु ।’

अमूल्य मत दिइ निर्वाचित गराउन अमेरिकी क्षेत्रका प्रतिनिधिसँग श्रेष्ठले अनुरोध गरेका छन् ।