विरामीको मृत्युपछि मणिपालमा चिकित्सकमाथि हातपात

विरामीको मृत्युपछि मणिपालमा चिकित्सकमाथि हातपात

अस्पताल परिसर तनावग्रस्त



पोखरा । विरामीको मृत्युको विषयलाई लिएर मणिपाल शिक्षण अस्पताल पोखरामा चिकित्सकमाथि हातपात भएको छ । अहिले पनि अस्पताल परिसर तनावग्रस्त छ ।

लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको हाे ।

दिनभरि डुलाइएको तर के भएको जानकारी नदिइको भन्दै विरामीका आफन्तले डाक्टरमाथि हातपात समेत गरेका छन् । उनीहरुले अस्पतालका केही सीसा फुटाएका छन् ।

स्थिति तनावग्रस्त भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।