लमजुङमा वडाध्यक्षले कुटे जिल्ला अस्पतालका डाक्टरलाई

लमजुङमा वडाध्यक्षले कुटे जिल्ला अस्पतालका डाक्टरलाई



बेसीशहर । लमजुङ जिल्ला अस्पतालमा कार्यरत डाक्टर सन्दीप अधिकारीलाई रक्सीले मातेका वडाध्यक्षले कुटपिट गरेका छन् ।

बेसीशहर नगरपालिका- ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले आइतबार राति डाक्टर अधिकारीलाई कुटपिट गरेका हुन् ।

वडाध्यक्ष बस्नेतका आफन्त पर्ने बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । उनको चेकजाँच गरी राति साढे १० बजेतिर वार्डमा सार्न लाग्दा वडाध्यक्ष बस्नेत आएर कुटपिट गरेको अस्पतालका डाक्टर सुदर्शन आचार्यले जानकारी दिए ।

अस्पतालका नर्स, बिरामी र तिनका कुरूवालाई समेत अश्लील गाली गलौज गर्दै होहल्ला गरेका वडाध्यक्ष बस्नेतले अस्पतालमा त्रास र आतंकको स्थिति सिर्जना गरेकाे बताइएकाे छ ।

अस्पतालका चिकित्सकको टोलीले सोमबार बिहान ३ बजे घटनाका विषयमा प्रहरीलाई लिखित उजुरी दिएका थिए ।

अस्पतालबाट पक्राउ परेपछि वडाध्यक्ष बस्नेतले आफू मदिराले मातेको स्वीकार गरेका छन् । डाक्टरलाई हातपात गरेपछि आइतबार राति पक्राउ परेका वडाध्यक्ष बस्नेत एमालेबाट निर्वाचित हुन् ।