काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा नेतृत्व परिवर्तनको सन्दर्भ आएपछि उम्मेदवार बन्ने हल्लाले एउटा छुट्टै माहोल बन्छ । कतिपय लहडमा हल्ला चलाउँछन् भने थोरै मात्र स्पष्ट एजेन्डासहित चुनावी मैदानमा होमिन्छन् । ती थोरैमध्येका एक हुन् अब्दुल वासिद, जो युवा उपाध्यक्ष पदका प्रत्यासी हुन् ।
झन्डै दुई दशक कतारलाई पृष्ठभूमि बनाएर नेपाल र नेपालको सेवामा समर्पित वासिदले यसपटक युवाहरुको चाहना एनआरएनमा प्रतिविम्वित गराउने इच्छा राखेका छन् । त्यसैले उनले एनआरएनए युवा उपाध्यक्ष पदको उम्मेदवार बन्ने घोषणा औपचारिक रुपमै केही समयअघि गरिसकेका हुन् ।
उनी चर्को स्वरमा भाषण गर्न जान्दैनन, राजनीतिक तिकडमबाजी पनि गर्दैनन्, प्रतिनिधि (डेलिगेट्स)लाई दिग्भ्रमित पारेर निर्वाचित हुने उनलाई कुनै रहर छैन । स्पष्ट एजेन्डा र निर्धारित समयसम्मका लागि कार्ययोजना लिएर वासिद अक्टुबर १९ मा हुने एनआरएनएको निर्वाचनमा युवा उपाध्यक्ष पदमा उम्मेदवार बन्दैछन् । उनको एजेन्डा र कार्ययोजना सम्पूर्ण एनआरएनएले आत्मसात गर्न लायक छ । जसले उनका एजेन्डा र कार्ययोजनालाई आत्मसात गर्दैन, उसले समय घर्केपछि पछुताउनुपर्ने छ ।
कतारमा व्यवसायसँगै एनआरएनए अभियानमा सक्रिय वासिदले विभिन्न तह र पदमा रहेर अनुकरणीय काम गरेका छन् । उनले एनआरएनए एनसीसी कतारको सदस्य हुँदै, आइसीसी सदस्य, सामाजिक उद्यमशीलता विकास समिति सदस्य र पछि सहसंयोजक, आईसीसी युवा संयोजक पदमा रहेर सफल कार्यकाल निर्वाह गरिसकेका छन् । नेपाली व्यवसायी संघ कतारको सहकोषाध्यक्ष पदमा रहेर काम गरेको अनुभव पनि उनीसँग छ ।
एनआरएनएका वर्तमान युवा संयोजकसमेत रहेका वासिदसँग गैरआवासीय नेपाली युवाहरुका लागि विभिन्न कार्यक्रम छन् । विशेष गरी घरदेश तथा विदेशमा रहेका हजारौ युवाहरुका लागि रोजगारमुलक योजना उनीसँग छ ।
एनआरएनए स्पोर्टस् एकेडेमीमा सुरुमा आफैले ५ लाख रुपैयाँ राखेर कोष स्थापना गर्ने र २ वर्षे कार्यकालमा त्यसलाई १ करोड रुपैयाँ पु-याउने उनको महत्वकांक्षी योजनालाई मूर्तरुप दिन वासिद यो कार्यकालमा युवा उपाध्यक्ष पदमा निर्वाचित हुनैपर्छ ।
प्रतिक्रिया