सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति


ग्लोब नेपाल
54
Shares

काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ । स्वास्थ्य मन्त्रालयमा सरकार र चिकित्सक संघबीच आइतबार साँझ भएको वार्तामा स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐनअनुसार दोषीलाई कारबाही गर्नेसहित ६ बुँदे सहमति भएको हो ।

सरकार र सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्ताबाट ६ बुँदे सहमति भएको हो ।

पछिल्लो समय मणिपाल-पोखरा, माडी-चितवन, हेटौँडा, कन्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालमा भएका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्ने लगायतका माग संघर्ष समितिले राखेको थियो।

सहमतिपत्रमा स्वास्थ तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. दिपेन्द्ररमण श्रेष्ठ र स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिकाको संयोजक डा. शेसराज घिमिरेले हस्ताक्षर गरेका छन् ।

यस्तो छ, सहमति :
नेपाल सरकारका माननीय उपप्रधानमन्त्री तथा गृह मन्त्रीज्यूको समुपस्थितिमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सघर्ष समिति बिच भएको सहमती-