काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस नेपाल भ्रमणमा आउने भएका छन् । २६ असोज (अक्टोबर ११) मा उनी नेपाल आउन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।
महासचिव एन्टोनियो ३ दिन नेपालमा बस्नेछन् । नेपाल भ्रमणका क्रममा उनले शान्ति प्रक्रियाका विषयमा नेताहरुसँग छलफल गर्नेछन् ।
त्यस्तै जलवायु परिवर्तन र अति कम विकसित मुलुकका विषयमा पनि छलफल गर्ने नेता गजुरेलले जानकारी दिए । २९ भदौमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका गएका बेला महाचिव एन्टोनियोलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
प्रतिक्रिया