काठमाडौं । अन्तिम मतदाता नामावली सार्वजनिक गरेसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) मा नयाँ नेतृत्वका लागि निर्वाचन प्रकृया आराम्भ भएको छ । निर्वाचन समितिका सदस्य चिञ्जिीवी ढकालले उपलब्ध गराएको जानकारीअनुसार यो महाधिवेशनमा डेलिगेट्सका रुपमा ४ हजार २ सय २७ जना प्रतिनिधिले सहभागिता जनाउने छन् ।
सबैभन्दा धेरै मतदाता युरोपमा रहेका छन् । युरोपबाट १ हजार ६ सय ८६ जनाले मतदान गर्न पाउने छन् । यस्तै दोस्रो ठूलो संख्या मिडिलइस्टको छ । त्यहाँ ९ सय ३९ जना मतदाता रहेका छन् । तेस्रो ठूलो मतदाता संख्या एसिया प्यासेफिकमा छ । त्यहाँ ७ सय २३ मतदाता छन् भने अमेरिकामा ४ सय ३५, ओसियामा ३ सय ४ र अफ्रिकाबाट ११९ जना र एनसीसी २१ अध्यक्षले मतदान गर्न पाउने छन् ।
कुन क्षेत्रबाट कति मतदाता
युरोपः १६८६
मध्यपूर्वः ९३९
एसिया प्यासेफिकः ७२३
अमेरिकाः ४३५
ओसियानाः ३०४
अफ्रिकाः ११९
एनसीसी अध्यक्षः २१
अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन प्रकृया आरम्भ भएको जानकारी सदस्य ढकालले दिए । अक्टुबर १२ तारिखदेखि १६ तारिखसम्म भौतिक रुपमा उपस्थित भएर अथवा अनलाइनबाट पनि उम्मेदवारी दर्ता गराउन सकिने छ । अनलाइनबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारले १६ तारिखभित्र आफ्ना प्रस्ताव र समर्थन लिएर निर्वाचन सचिवालयमा भौतिक रुपमा उपस्थित हुनुपर्नेछ ।
नेपाल आइसकेकाले निर्वाचन समितिले तोकेको स्थानमा गएर अनलाइन मतदान गर्न पाइने छ भने विदेशमा रहेका मतदाताले प्राप्त लिंकमार्फत् मतदान गर्नुपर्ने छ । नेपालमा रहेका मतदाताले बिहान ११ बजेबाट साँझ ५ बजेभित्र मतदान गर्नुपर्ने छ भने विदेशमा रहेका मतदाताका लागि नेपाली समयअनुसार अक्टुबर १८ तारिख राती १२ बजेबाट भोलिपल्ट राति १२ बजेसम्म मतदान गरिसक्नुपर्ने निर्वाचन समिति सदस्य ढकालले जानकारी दिए ।
प्रतिक्रिया