काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा आईतबार भारत र अष्ट्रेलिया भिड्दैछन् । चेन्नेइमा शनिबार दुई पटकको विश्वकप विजेता भारतले ५ पटकको विश्व विजेतासँग भिड्न लागेको हो ।
भारतले सन् १९८३ र २०११ मा विश्वकप जितेको थियो । त्यसपछि भारतले एउटामात्र आईसीसीको प्रतियोगिता जितेको छ । सन् २०१३ मा च्याम्पियन्स ट्रफी इङ्ल्याण्डमा भारतले जितेको थियो । त्यसपछि भारत पहिलो उपाधिको खोजीमा छ ।
एकदिवसीय विश्वकपमा अष्ट्रेलिया सबैभन्दा सफल टोली हो । उसले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा यो प्रतियोगिता जितेको थियो । लगातार तीन विश्वकप जित्ने अष्ट्रेलिया एक्लो टोली हो ।
असप्रीत बुम्राहा र मोहमद सिराजले भारतीय बलिङ आक्रमणलाई नेतृत्व गर्ने अपेक्षा गरिएको छ । स्पिनर कुलदीप यादव र लेफ्ट आर्म स्पिनर रबिन्द्र जडेजा पक्कै अष्ट्रेलियाविरुद्धको रोजाई हुनेछन् । अलराउण्डर हार्दिक पाण्डेया खेलका लागि तयारी अवस्थामा छन् । विराट कोहली, रोहित शर्माको ब्याटिङ लाइन रहेको भारत कम्तिमा कागजमा बलियो टिम हो ।
इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल खेलेका अष्ट्रेलियन ब्याट्सम्यानलाई भारतीय पिचको फाइदा रहनेछ । डेभिड वार्नर, स्टिभ स्मिथ, मिचेल स्टार्च, मार्कुस स्टोइनिस, ग्लेन म्याक्सवेलले लामो समय भारतीय पिचमा खेलेको अनुभव छ । प्याट कुमिन्स, जोस हेजलउड, मिचेर स्टार्सले अष्ट्रेलियन बलिङ लाइनलाई नेतृत्व गर्नेछन् ।
डेंगुका कारण भारतका सुभमन गिलले अष्ट्रेलियाविरुद्धको खेल गुमाउनेछन् । इशान किसनले कप्तान रोहित शर्मासँग ओपनिङ गर्ने सम्भावना छ ।
अष्ट्रेलियाले मार्कुस स्टोइनिसको फिटनेसको जाँच गर्नेछ । गत महिना भारतसँग सिरिज गुमाएको पहिलो खेलमा उनले चोट बोकेका थिए ।
प्रतिक्रिया