काठमाडौं । अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरले भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकरकाे रेकर्ड ताेडेका छन् ।
वार्नरले आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा सबैभन्दा छिटाे १ हजार रन बनाउने कीर्तिमान बनाएका हुन् । भारतमा भइरहेकाे एकदिवसीय विश्वकप अन्तर्गत घरेलु टाेलीसँगकाे खेलमा उनले याे कीर्तिमान बनाएका हुन् ।
वार्नरले १९ पारीमा एक हजार रन पूरा गर्दै कीर्तिमान बनाएका हुन् । यसअघि एकदिवसीय विश्वकपमा सबैभन्दा छिटाे १ हजार रन पूरा गर्ने कीर्तिमान सचिन तेन्दुलकरकाे नाममा थियाे । उनले २० पारीमा याे कीर्तिमान बनाएका थिए ।
यस्तै दक्षिण अफ्रिकाका पूर्वक्रिकेटरले पनि एकदिवसीय विश्वकपमा २० पारीमा नै १ हजार रन पूरा गरेका छन् । वेस्ट इन्डिजका पूर्वक्रिकेटर भिभिएन रिचार्ड्स र भारतका पूर्वक्रिकेटर साैरभ गाङ्गुलीले समान २१ पारीमा एकदिवसीय विश्वकपमा १ हजार रन पूरा गरेका छन् ।


प्रतिक्रिया