गैरआवासीय नेपाली संघको अध्यक्षमा ४ जनाको उम्मेदवारी

गैरआवासीय नेपाली संघको अध्यक्षमा ४ जनाको उम्मेदवारी


ग्लोब नेपाल
459
Shares

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कात्तिक २ गते हुने निर्वाचनका लागि अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ, रविना थापा र राजेन्द्रकुमार शर्माको उम्मेदवारी परेको हो । असोज २५ देखि सुरु भएको मनोनयन दर्ताको म्याद हिजो आइतबार दिउँसो १ बजेसम्मका लागि तोकिएको थियो ।

एनआरएनएमा अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र एक कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछ । एनआरएनएको ११ औं विश्व सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ ।

यस्तो छ— उम्मेदवारको नामावली