काठमाडौं । त्रिकोणात्मक श्रृखला अन्तरगत नेपाल र यूएईबीच अहिले केहीबेरमा टि-२० क्रिकेट खेल सुरु हुँदैछ । मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले फिल्डिङ रोज्दै यूएईलाई ब्याटिङको निम्तो दिए ।
आज नेपालीका श्याम (मौसम) ढकालले डेब्यू गर्ने भएका छन् ।
विश्वकप टी–२० छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् ।
शृंखलामा नेपालले २ गते (भोलि) र ४ गते हङकङसँग खेल्नेछ ।
त्यसैगरी नेपालले कात्तिक ६ मा यूएईसँग खेल्नेछ । यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।


प्रतिक्रिया