काठमाडौं । टी-२० त्रिकोणात्मक क्रिकेट सिरिजमा र्युएईविरुद्ध नेपाललाई तेस्राे सफलता मिलेको छ । काठमाडौंको मुलपानीमा जारी खेलमा गुल्सन झाले युएईका कप्तान मोहम्मद वसिमकाे विकेट लिएका हुन् ।
यसअघि करन केसीले युएईका ब्याट्सम्यान अलिसान सराफुलाई आउट गरे ।
त्यसअघि सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । कामीले यूएईका ओपनर ब्याट्सम्यान खालिद शाहलाई शून्य रनमै पेभेलियन फर्काए ।
अहिले युएईले ६ ओभरमा ३ विकेट गुमाएर ३६ रन बनाएको छ ।


प्रतिक्रिया