साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा

साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा



काठमाडौं । नेपाल एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई फराकिलो अन्तरले हराउँदै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।

सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३ सय ४८ रन बनाएको थियो ।

साउदी अरबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले शानदार प्रर्दशन गर्यो । नेपालको जितमा अर्जुन कुमालले १ सय ४२ रनको शानदार शतकीय इनिङ्स खेलेका थिए । आकाश त्रिपाठीले ८९ रनको योगदान गरे ।

ओपनर दिपक बोहराले २९ रन बनाउँदा बिशाल बिक्रम केसीले अविजित २४ रन बनाए । दिपक प्रसाद डुम्रे र दिपेश कँडेलले समान १४, मिलन बोहराले ९ रन बनाएका छन् । कप्तान देव खनाल शुन्य रनमा पोविलियन फर्किएका थिए ।

साउदीका मुहमद अमद राजा र मुहमद अहमदले समान २ तथा अब्दुल्लाह सिराज, जुहिर मुहमद र सजिव मुजिवुर रहमानले समान एक एक विकेट लिएका छन् ।

साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कंडेलले ६, आकाश चन्दले २ र शुवास भण्डारीले एक विकेट लिए ।

नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन र दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो ।

प्रतियोगितामा शीर्ष तीन टिमले यू–१९ एसिया कपमा स्थान बनाउनेछन् । नेपाल प्रतियोगिताको उपाधि जित्ने लक्ष्य सहित मलेसियामा रहेको छ ।