एनआरएन निर्वाचन परिणाम : अमेरिकालाई शून्य बनाइयो

एनआरएन निर्वाचन परिणाम : अमेरिकालाई शून्य बनाइयो


ग्लोब नेपाल
5.4k
Shares

काठमाडौं । बिहीवार राती सार्वजनिक मत परिणाम अनुसार एनआरएनको नयाँ नेतृत्वमा अमेरिकाबाट उमेदवारी दिएका प्रायः सबैलाई पराजित घोषणा गरिएको छ। अध्यक्षका तीन प्रत्यासी मध्ये डाक्टर बद्री केसी र महेश श्रेष्ठको टीमको प्रमूख पदहरुमा अमेरिकाका आकांक्षीहरु नै धेरै थिए। तर डाक्टर केसी समर्थक महासचिवका उमेदवार गौरीराज जोशीलाई मात्र विजयी घोषित गरिएको छ।

जोशीले महेश श्रेष्ठ नेतृत्व समर्थक महासचिवकै उमेदवार अमेरिकाकै बुद्धी सुबेदीलाई पराजित गरे। यस बाहेक अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजक पनि डाक्टर केसी पक्षकै बेद बस्नेतलाई निर्वाचित घोषणा गरिएको छ।

निवर्तमान महासचिव एवं महेश श्रेष्ठ समर्थक उपाध्यक्षका उमेदवार डाक्टर केशब पौडेललाई राजधानीमा सम्पन्न प्रत्यक्ष मतदानमा शून्य मत देखाइएको छ। जसलाई प्रविधिको चरम दुरुपयोग गरी शून्य परिणाम देखाइएको भन्दै पौडेल पक्षधर अध्यक्षका प्रत्यासी महेश श्रेष्ठ र समर्थकहरुले यो परिणाम स्वीकार्न नसक्ने बताएका छन्। डाक्टर पौडेल एनआरएन अमेरिकाका दुई कार्यकाल अध्यक्ष भैसकेका व्यक्ति हुन्।

अमेरिकाको एनआरएनभित्रको विवाद बुझेकाहरुले यसलाई गौरी जोशी र डाक्टर पौडेलको जुङ्गाको लँडाई भन्दै हिजो अमेरिकामा डाक्टर पौडेलले इतर पक्षलाई पेलेको परिणामलाई जोशीले यसपटक बदला लिएर नाङ्गेझार बनाइ दिएको भन्दै टिप्पणी गरेका छन्।

उपाध्यक्षका अर्का उमेदवार एनआरएन आइसीसीका कोषाध्यक्ष र एनआरएन अमेरिकाको पूर्व अध्यक्ष समेत रहेका सुनील साहलाई पनि पराजित घोषित गरिएको छ। यसैगरी पूर्व आइसीसी सदस्य जेदू पोखरेललाई पनि उपाध्यक्षको पदमा पराजित घोषणा गरिएको छ।

त्यसैगरी महेश श्रेष्ठ टीमका सचिवका प्रत्यासी कृष्णजीवि पन्थ र बद्री केसी टीमका सचिवका प्रत्यासी प्रकाश सापकोटा र आर के शर्मा टीममा रहेका राम सी पोखरेल तीनैजनालाई पराजित घोषणा गरिएको छ। उपमहासचिव पदका केसी टीमका प्रमोद सिटौला,सह कोषाध्यक्ष पदका केसी टीमकै सीपी पौडेल, श्रेष्ठ टीमकी महिला सह कोषाध्यक्ष पदकी तृष्णा शर्मालगायत चुनावी प्रतिष्पर्धामा रहेका सबैलाई पराजित घोषित गरिएको छ।

यसबाहेक अमेरिकाबाट विभिन्न पदका ६ जना उमेदवार निर्विरोध निर्वाचित भएका छन्।