बडादसैँले सकारात्मक ऊर्जा थप्ने राष्ट्रपतिको कामना

बडादसैँले सकारात्मक ऊर्जा थप्ने राष्ट्रपतिको कामना


ग्लोब नेपाल
0
Shares

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् । विजयादशमी २०८० को शुभकामना दिँदै राष्ट्रपति पौडेलले मानव जाति र विश्व शान्तिको कामना पनि गरेका छन् ।

उनले चाड विजयादशमी, २०८० को शुभ अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, ‘आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजयादशमीको दिनमा हाम्रो राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु ।’

उनले अशान्त हुन थालेको विश्वमा विजयादशमीले शान्ति ल्याउन् कामना गर्दै भनेका छन्, ‘यस अवसरमा म मानव जातिको कल्याण र विश्वशान्तिका लागि कामना गर्दछु ।’