दसैँ टीकाकाे तेस्रो दिन: आज पनि टीका र जमरा लगाइँदै

दसैँ टीकाकाे तेस्रो दिन: आज पनि टीका र जमरा लगाइँदै


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । बिहीबार दसैँ टीकाको तेस्रो दिन टीका तथा जमरा लगाएर मान्यजनको आशिर्वाद थाप्ने क्रम आज पनि जारी छ ।

आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका ग्रहण र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी रहेको छ ।

मंगलबार देखि पूर्णिमासम्म मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा टीकाका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ।