काठमाडौं । स्थानीय बजारमा सुन अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावालको सुनको मूल्य प्रतितोला एक लाख १७ हजार छ । यो अहिलेसम्मकै महँगो मूल्य हो ।
गत शुक्रबार प्रतितोला एकलाख १६ हजार मूल्य रहेकोमा शनिबार एक हजार रूपैयाँले बढेको थियो । आइतबार पनि सोही मूल्य निर्धारण गरिएको छ ।
त्यस्तै आइतबारको लागि छापावाला सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रूपैयाँ तोकिएको छ । यो गत शुक्रबारको तुलनामा प्रतितोला एक हजार रूपैयाँले महँगो हो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ तोकिएको छ । यो गत शुक्रबारको तुलनामा १५ रूपैयाँले महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया