बेलायतमा दुई पत्रकार सम्मानित

बेलायतमा दुई पत्रकार सम्मानित


ग्लोब नेपाल
135
Shares

लन्डन । बेलायत भ्रमणमा रहेका दुई पत्रकारहरु सम्मानित भएका छन् ।  नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेल र कान्तिपुरकर्मी अन्जना लामिछानेलाई नेपाल प्रेस युनियन बेलायत शाखाले आइतवार लण्डनस्थित प्लमस्टेडमा आयोजिक एक कार्यक्रममा सम्मान गरेको हो । 

पत्रकारद्धयलाई कार्यक्रमका प्रमुख अतिथि तथा गैरआवासीय नेपाली संघका संस्थापक सचिव चिरन्जीबी ढकालले सम्मान गरेका हुन । पौडेल नागरिक दैनिकमा आबद्ध छन् भने लामिछाने कान्तिपुर टेलिभिजनमा राजनीतिक व्यूरोमा रहेर काम गर्छिन् । 

उनले गैरआवासीय नेपाली संघ स्थापनाको दुई दशकमा ल्याइएका नीतिगत तथा कानुनी व्यवस्था र उपलब्धि विषयमा अनुसन्धानमुलक रिपोट लेखेर एनआरएनए फेलोसिप पुरस्कार समेत प्राप्त गरेकी थिइन् । उनी संसदीय मामिला पत्रकार समाजको सदस्य समेत हुन् । 

कार्यक्रममा नेपाली जनसम्पर्क समिति साउथ इस्ट लण्डनका सभापति राजेन्द्र खरेल, गैरआवासीय नेपाली संघ बेलायतका पुर्व उपमहासचिव अर्जुन कटुवाल, नेपाली जनसम्पर्क समिति बेलायतका महासचिव कुस बस्नेत, एनआरएनए पूर्व केन्द्रीय सदस्य लिलादेवी गुरुङ, जनसम्पर्क समिति भारतको पूर्वअध्यक्ष  हरि कुमार मल्ल, नेपाल पत्रकार महासंघ युरोप शाखाका संस्थापक सदस्य बाबुराम भुषाल लगायतको उपस्थिति थियो । 

 शाखाका अध्यक्ष विपिन निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन शाखाका केन्द्रीय पार्षद कुस बस्नेतले गरेका थिए  । कार्यक्रममा बोल्ने वक्ताहरुले प्रवासमा बस्ने नेपाली समुदायको पक्षमा पत्रकारिता मार्फत आवाज बुलन्द गरिदिन आग्रह गरेका थिए ।