मकवानपुर । मकवानपुर जिल्लाबाट पहिलो पटक गैरआवासीय नेपालीले नागरिकता लिएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर– ११ की संजीता विडारीले हिजाे बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट गैरआवासीय नागरिकता लिएका हुन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईँले संजीता विडारीलाई नागरिकता प्रमाणपत्र प्रदान गर्दै जिल्लामा पहिलोपटक गैरआवासीय नेपालीको लागि नागरिकता वितरण कार्य सुरुवात गरेका हुन् ।
नागरिकता प्राप्त गर्नुअघि विडारीले संविधानप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक गैरआवासीय नेपालीको रुपमा कर्तव्य पालना गर्ने भन्दै ईश्वर, देश र जनताका नाममा सपथ लिएकी थिइन् ।
साथै उहाँका श्रीमान् श्रीकृष्ण थापालेपनि बुधबारनै गैरआवासिय नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । थापा दम्पति विगत १५ वर्षदेखि अष्ट्रेलिया बस्दै आएका छन् ।
गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्नेले राजनैतिक र मताधिकार बाहेकका सबै अधिकार प्राप्त गर्नेछन् ।


प्रतिक्रिया