विश्वकप छनोट : यूएईले दियो नेपाललाई १३५ रनको लक्ष्य

विश्वकप छनोट : यूएईले दियो नेपाललाई १३५ रनको लक्ष्य



काठमाडौं । टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो ।

युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४, कप्तान मोहम्मद वासिमले २६, एलिसान सराफुले १६, आसिफ खानले १३, खालिद शाहले ३ र अलि नासिरले ४ रन बनाए ।

नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिए ।

सन्दीपले चार ओभरमा एक मेडन राख्दै १४ रन मात्र खर्चिए । कुशल मल्लले ३ ओभरमा ११ रन खर्चिए ।

यो खेल जित्ने टोली आगामी वर्ष आयोजना हुने विश्वकपमा छनोट हुने छ। यूएईले उत्कृष्ट सुरुवात गरेको थियो । सुरुका तीन ओभरमा विकेट नगुमाई २९ रन जोडेको यूएईले त्यसपछि एक रनको अन्तरमा दुवै ओपनरलाई गुमाएको थियो । त्यसपछि नेपाली स्पीनरहरुले यूएईका ब्याट्सम्यानहरुलाई लगातार दबाबमा राखे ।