जाजरकोट केन्द्रविन्दु भएर भूकम्प : ठूलो मानवीय क्षति, अधिकांश घर भत्किए

जाजरकोट केन्द्रविन्दु भएर भूकम्प : ठूलो मानवीय क्षति, अधिकांश घर भत्किए


ग्लोब नेपाल
0
Shares

जाजरकोट । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ठूलो मानवीय क्षति भएको छ । जाजरकोट र वरिपरीका जिल्लामा दर्जनौंको संख्यामा मानिसको मृत्यु हुनुका साथै संयौंको संख्यामा घाइते भएका छन् ।

जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले मानवीय क्षतिका बारेमा यकिन विवरण नआएपनि संग्लो घर देखिनै मुस्किल रहेको बताए ।

जाजरकोटर त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा ठूलो क्षति पुगेको छ । भूकम्पका कारण यहाँ विद्युत सेवा अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।