अपडेट: भूकम्पमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

अपडेट: भूकम्पमा मृत्यु हुनेको संख्या १५७ पुग्यो


ग्लोब नेपाल
162
Shares

काठमाडौं । जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ । यसमध्ये महिला ९९ जना छन् भने ५८ जना पुरुषको मृत्यु भएको छ। जाजरकोटमा सबैभन्दा धेरै १०५ जनाको मृत्यु भएको छ । यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । घाइतेको संख्या १६६ पुगेको छ।