नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य



काठमाडौं । विश्वकप छनोटको फाइनलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ‌ओभरमा ६ विकेट गुमाएर १८४ रन जोड्यो ।

नेपालका लागि गुलशन झाले ५४ रनको अर्धशतकीय पारी खेले । २५ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे ।

नेपालका कप्तान रोहितकुमार पौडेलले ५२ रनको अर्धशतकीय पारी खेले । ३७ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै कुशल भुर्तेल ३१ रन बनाउँदा करण केसीले मात्र ६ बलमा २० रनको योगदान गरे ।

बलिङतर्फ ओमानका लागि बिलाल खानले तीन विकेट लिए । त्यस्तै काकिव लियस दुई विकेट लिँदा जेसन मक्सोदले एक विकेट लिए ।

टी–ट्वान्दी विश्वकपमा छनोट भइसकेका दुई टोली आज एसियाकप फाइनल छनोटको उपाधि जित्ने लक्ष्यमा छन् ।