काठमाडौं । भूकम्प पीडितका लागि राहतमा जुट्न नेपाली जनसम्पर्क समिति अमेरिकाले आग्रह गरेको छ ।
समितिका सभापति आनन्द विष्टले विज्ञप्ति जारी गर्दै दैविक विपत्तिले दुखद् अवस्थामा रहेका नेपालीहरूका लागि राहतमा सहयोग गर्न आग्रह गरेका हुन् ।
‘जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा परी ठूलो संख्यामा मानवीय क्षति भएको र सयौंको संख्यामा घाइते भएको घटनाप्रति नेपाली जनसम्पर्क समिति अमेरिका गहिरो दुःख व्यक्त गर्दछ । दैवी विपत्तिमा परी ज्यान गुमाउनु हुने दिवंगत नेपाली दाजुभाइ तथा दिदीबहिनीको आत्माको चीर शान्तिको कामना गर्दै समिति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उनले भूकम्पमा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्दै राहत, उद्धार र पुनर्स्थापनामा सबैले सक्दो सहयोग गर्नुपर्ने बताएका छन् ।
‘देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई यस दैवी विपत्तिको बेला एकापसमा हातेमालो गर्दै यथाशक्य राहत सहयोगका लागि अपील गर्दछौं । आउनुहोस् यो प्राकृतिक विपत्तिमा परेकाहरुको तत्काल राहत, उद्धार एवं पुनर्स्थापनाका लागि मानवीय धर्ममा जुटौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया