एनआरएनएले सोमबार बिहानबाट भूकम्प पीडितलाई राहत वितरण गर्ने

एनआरएनएले सोमबार बिहानबाट भूकम्प पीडितलाई राहत वितरण गर्ने


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौं । जाजरकोट भूकम्प पीडितलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सोमबार बिहानबाट राहत उपलब्ध गराउने भएको छ । तल्लो रुकुम २ सय र नलगाड नगरपालिकाका २ सय परिवारलाई राहत वितरण गर्ने तयारी गरेको महासचिव गौरीराज जोशीले जानकारी दिए ।

महासचिव जोशीका अनुसार राहत सामग्रीमा त्रिपाल, ब्याङ्केट, लत्ताकडा र एक महिनासम्म पुग्ने खाद्यन्न छ । एनआरएनए अध्यक्ष डा. बद्री केसी, महासचिव जोशीलगायत २० जनाको टोली यतिबेला जाजरकोट पुगेको छ ।

सरकारले पीडितलाई एकद्वार प्रणालीमार्फत् राहत उपलब्ध गराउने बताएको छ । एनआरएनएले कसरी वितरण गर्छ भन्ने जिज्ञासामा महासचिव जोशीले भने, ‘सरकारको नीतिअनुसार नै एनआरएनएले पनि वितरण गर्दैछ । हामी आफै उपस्थित भएर सरकारले तोकेको स्थानमा राहत वितरण गर्छौ । त्यसका लागि हामीले सोमबार बिहानको समय पाएका छौं ।’