हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा)को हेटौंडामा जारी विशेष साधारणसभामा मतदान चलिरहेकाे छ । एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान भइरहेकाे हाे ।
गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए ।
साधारण सभामा ८९ जनाले मताधिकार प्राप्त गरेका छन् ।
प्रतिक्रिया