काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा भारतले नेदरल्याण्ड्समाथि शानदार जित निकालेको छ । आईतबार समूह चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्ड्सलाई १ सय ६० रनले हराएको हो ।
भारतीय टिम समूह चरणमा सतप्रतिशत जित निकाल्ने एक्लो टिम बनेको छ । उसले समूह चरणका ९ वटै खेलमा जित निकाल्न सफल रह्यो । भारतले अब सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध खेल्नेछ ।
भारतले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्ड सुरुआतदेखिनै दबाबमा देखिएको थियो । भारतीय तिव्र गतिका बलरलाई झेल्दै पावरप्लेमा नेदरल्याण्ड्सले मात्र एक विकेट गुमाएको थियो ।
नेदरल्याण्ड्सले त्यसपछि एक पछि अर्को विकेट गुमाउँदै ४७ दशमलव ५ ओभरमा २ सय ५० रनमा समेटिएको थियो । नेदरल्याण्ड्सका तेजा निदामानरुले ३९ बलमा ५४ रनको इनिङ्स खेलेका थिए ।
भारतका जसप्रीत बुमराह, मोहम्मद सिराज, कुलदीप यादव र रविन्द्र जडेजाले समान दुई दुई विकेट लिएका थिए । विराट कोहली र रोहित शर्माले समेत एक एक विकेट हात पारेका थिए ।
सुरुआती ब्याटिङ गरेको भारतका लागि श्रेयश अय्यर र केएल राहुलले शतकिय इनिङ्स खेल्दै ४ सय १० रन जोडेका थिए ।
रोहित शर्मा, विराट कोहली र सुभमन गिलले अर्धशतक बनाएको इनिङ्समा श्रेयसले ९४ बलमा १ सय २८ रनको शानदार इनिङ्स खेलेका थिए । केएल राहुलले १ सय २ रनको अर्को शतकिय इनिङ्स खेलेका थिए । दुवैले चौथों विकेटका लागि २ सय ८ रनको साझेदारी गरेका थिए ।
भारतको सुरुआत शानदार रह्यो । कप्तान शर्मा र सुभमनले पहिलो विकेटका लागि ११ दशमलव ५ ओभरमा एक सय रनको साझेदारी गरेका थिए । विराटले समेत आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिदै ५१ रन बनाएका थिए ।
भारतले अब फाइनल प्रवेशका लागि न्युजिल्याण्डसँग खेल्नेछ ।
प्रतिक्रिया