बझाङ । पश्चिम नेपालको बझाङ जिल्ला केन्द्रबिन्दु भएर आज सोमबार भूकम्प गएको छ । सोमबार बिहान ११ बजेर ३७ मिनेट जाँदा धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।
आइतबार पनि रुकुमको हुकम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता धेरैपटक परकम्प गएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया