काठमाडौं । अर्थतन्त्रलाई गति दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा छलफल गरिरहेका छन् । समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग छलफल आयोजना गरेको हो ।
सोमबार प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारीलगायतका सम्बन्धित पदाधिकारीहरूसँग छलफल गरी अर्थतन्त्रका वर्तमान समस्या छिटो समाधान गर्नुपर्नेमा जोड दिएका थिए । आज प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्र, अर्थविद, अर्थक्षेत्रका सरोकारवालसहित प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल चलाएका हुन् ।
देशको अर्थतन्त्रले लय समातिरहेको र बाह्य विप्रेषण, पर्यटक आगमन, शोधनान्तरको स्थितिमा राम्रो हुँदै गएको भए पनि केही समस्या रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । अर्थतन्त्र थप चलायमान बनाएर देशमा रोजगारीका अवसर सिर्जना गर्नेबारे विमर्ष गर्न प्रधानमन्त्रीले यसकिसिमको छलफलको आयोजना गरेका हुन् ।


प्रतिक्रिया