पोर्तुगलमा छुरा प्रहारबाट एक नेपालीको हत्या

पोर्तुगलमा छुरा प्रहारबाट एक नेपालीको हत्या


ग्लोब नेपाल
378
Shares

लण्डन । पोर्तुगलमा छुरा प्रहारबाट एक जना नेपालीको हत्या भएको छ । गैरआवासीय नेपाली संघ पोर्तुगलका अनुसार पर्वत जिल्ला घर भई विगत ८ महिनादेखि पोर्तुगल बस्दै आएका धनबहादुर क्षेत्रीको हत्या भएको हो ।

उनी वैदेशिक रोजगारिको लागि त्यहाँ पुगेका थिए । उनीमाथि गतसाता आफ्नै साथीले छुरा हानेको बताइएको थियो । छुरा प्रहारबाट घाइते क्षेत्रीको विहीवार विहान स्थानीय अस्पतालमा निधन भएको संघले जनाएको छ ।