सुदूरपश्चिम मधेससँग ८ विकेटले पराजित

सुदूरपश्चिम मधेससँग ८ विकेटले पराजित



पोखरा । पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले सुदूरपश्चिम टीमलाई ८ विकेटले पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ५८ रनको सामान्य लक्ष्य पछ्याएको मधेसले ४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

मधेशका लागि अनिल साहल २५ रन बनाए । इमरान शेख १७ र पवन सराफ १४ रनमा नट आउट रहे ।

यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १५.५ ओभरमा ५८ रनमा आउट भएको थियो । उसका लागि नरेन्द्र साउदले १८ रन बनाए भने भोजराज भट्ट र किरण ठगुन्नाले समान १० रन बनाए ।

मधेशका हरिशंकर शाहले ४ तथा रुपेश सिंहले ३ विकेट लिए ।

यो जितपछि समूहमा मधेस र नेपाल पुलिस क्लबको समान २ अंक भएको छ तर रन रेटमा पुलिस अघि छ । पहिलो खेलमा मधेशलाई हराएको पुलिसले सुदूरपश्चिमसँग खेल्न बाँकी छ ।