कुशलकाे अलराउन्ड प्रदर्शनमा आर्मीकाे फराकिलाे जित

कुशलकाे अलराउन्ड प्रदर्शनमा आर्मीकाे फराकिलाे जित



पाेखरा । केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा विभागीय टाेली त्रिभुवन आर्मी क्लबमा विजयी शुरुवात गरेकाे छ । आज साेमवार पाेखरा रङ्गशालामा भएकाे खेलमा आर्मीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘निलाे’ लाई १ सय १० रनकाे फराकिलाे अन्तरले हरायाे । आर्मीकाे जितमा कुशल मल्लले अलराउन्ड प्रदर्शन गरे ।

आर्मीले दिएकाे १ सय ९६ रनकाे विशाल लक्ष्य पछ्याएकाे मदन भण्डारी स्पाेर्ट्स एकेडेमी ‘निलाे’ १५ ओभर ४ बलमा ८५ रनमा अल आउट भयाे । मदन भण्डारी ‘निलाे’ का कप्तान निर्भिक पाठकले सर्वाधिक २८ रन बनाए ।

बलिङतर्फ आर्मीका कुशल मल्लले ३ तथा जितेन्द्र मुखिया र शाहब आलमले समान २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९५ रन बनायाे । आर्मीका सन्ताेष कार्कीले ४१, कप्तान विनाेद भण्डारीले ३८, विवेक यादवले नट आउट २९, कुशल मल्लले २५ र बसिर अहमदले २३ रन जाेडे । बलिङतर्फ मदन भण्डारी ‘निलाे’ का मिहूल श्रेष्ठले २ विकेट लिए ।